मुलुकको उन्नतिका लागि सुझबुझपूर्ण नेतृत्व आवश्यक


काठमाडाैँ । नेपाली विद्यार्थी संघका पूर्व केन्द्रिय समिति सदस्यहरुले नेतृत्वले सुझबुझका साथ राज्य सञ्चालन गरे नेपाल उन्नत र विकसित राष्ट्रको तहमा पुग्न धेरै समय नलाग्ने बताएका छन् ।

काठमाडौंमा नेपाल विद्यार्थी संघले आयोजना गरेको वृहत भेटघाट तथा पुनर्मिलन कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रिय सदस्य रञ्जित कर्णले हालसम्म भएका विभिन्न राजनीतिक आन्दोनलहरु नेपाली काँग्रेसकै नेतृत्वमा सफल भएको दाबी गरे ।

उनले अबको  युग आर्थिक समृद्धि र विकासको भएकाले यसको नेतृत्व काँग्रेसले मात्रै गर्नसक्ने जिकिर गरे । नयाँ पार्टीहरुले जनतामा भ्रम सिर्जना गर्ने गरेको उनले आरोप समेत लगाए ।

फागुन ९ र १० गते भक्तपुरमा सम्पन्न भेटघाट तथा पुनर्मिलन कार्यक्रमले पार्टी सुदृढीकरणका लागि नगरकोट घोषणापत्र समेत जारी गरेको छ ।