मेक्सिको र क्यानडामाथि कर लगाउने ट्रम्पको घोषणा


काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामाथि कर लगाउने घोषणा गरेका छन् । मेक्सिको र क्यानडामा करको लागि आगामी समयसीमाको बारेमा सोध्दा ट्रम्पले ह्वाइट हाउसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मेलनमा पत्रकारहरूलाई करहरू लगाउने कार्य अगाडि बढिरहेको बताए ।

अमेरिकासँग क्यानडा र मेक्सिको मात्र नभइ अन्य देशहरुले पनि नराम्रो व्यवहार गरेको र अमेरिकाबाट फाइदा उठाएको भन्दै उनीहरूमाथि पनि कर लगाउने बताए । अमेरिका सबैसँग पारस्परिक सम्बन्ध चाहने भन्दै अरूले शुल्क लगाए आफूहरू पनि शुल्क लगाउने बताए ।

फेब्रुअरी १ मा ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने सामानहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभयो । विशेष गरी क्यानाडाली ऊर्जा उत्पादनहरूको लागि १० प्रतिशत कर वृद्धि गरिएको छ । फेब्रुअरी ३ मा ट्रम्पले मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा थप कर एक महिनाको लागि स्थगित गर्ने घोषणा गरेका छन् ।