भूकम्प पछिको पुनःनिर्माणका लागि तीन जिल्लामा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना हुने


काठमाडाैँ ।पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्यांकन र पुनःनिर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ । 

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको बैठकबाट उक्त निर्णय गरिएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षतिको क्षति आँकलन गर्ने काम द्रुत गतिमा अगाडि बढेको दाबी गरे ।

उनले डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको डिडिए भइसकाको पुनःनिर्माण अघि बढाउने र हुन बाँकीको डिडिए गर्न जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने बताए । सम्पर्क समन्वय कार्यालय यसै महिनाभित्र स्थापना गर्ने पनि बताए ।

“जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षतिको क्षति आँकलन गर्ने काम द्रुत गतिमा अगाडि बढेको छ । त्यसपछि हामी पुनः निर्माण र पुनः स्थापनाको काम अगाडि बढाउँछौँ । यसरी नै डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको पनि जतिको डिडिए भइसकेको छ त्यसको पुनःनिर्माण अगाडि बढ्छ । डिडिए हुन नसकेको पनि डिडिए हुन्छ,” उनले भने ।

उनले भूकम्पपछिको पुनःनिर्माण र पुनः स्थापनाको का द्रुत गतिमा अघि बढ्ने बताए।