काठमाडौँ। आइतबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने एक ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आइतबार नेप्सेमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९७ करोड ५३ लाख ७७ हजार ३३१ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा हिमालयन डिष्टिलरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र दोर्दी खोला जल विद्युत् कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३०२ कम्पनीको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २५ करोड ४ लाख ७५ हजार ७३६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्