सोमबार सुनचाँदीको मूल्य स्थिर


काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार बजारमा छापावाल सुनको मूल्य स्थिर रहँदै प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । साताको पहिलो दिन हिजो पनि सुनको मूल्य यही मूल्यमै कारोबार भएको महासंघले जनाएको छ ।,

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।