काठमाडौँ । प्रभु बैँकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले माघ ३१ गते सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखे ।
स्टाटस लेखिसकेपछि यसलाई ‘व्यक्तिगत धारणा’ भनेर उल्लेख गर्न भूलेनन् । स्टाटस व्यक्तिगत भने पनि यसको मनासय फरक देखिन्थ्यो ।
सिइओ शेरचनको स्टाटास यतिबेला आएको थियो जतिबेला झापाको दमक टावरबारे विवाद भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्रमा निर्माण भएको टावरबारे बेलाबेलामा विवाद उठिरहन्छ ।
प्रयोजनविहीन, जग्गा व्यवसायीलाई फाइदा हुने गरी बनाइएको, सकुम्बासीलाई गिज्याउने टावर भन्दै आलोचना भइरहन्छ ।
सिइओ शेरचनको स्टाटस पनि यसै सेरो फेरोमा आएको थियो जतिबेला झापाको दमक टावरलाई लिएपछि पछिल्लो पटक सार्वजनिक बहस र विवाद भएको थियो ।
सिइओ शेरचनले दमक टावरलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भनेर धारणा सार्वजनिक गरेका थिए ।
हेर्दा ‘आइडिया’ जस्तो लागे पनि खासमा उनले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बचाउ गरेका थिए ।
सिइओ शेरचन नदेखिने गरी राजनीतिमा चलखेल गर्ने गरेको आरोप लाग्ने गरेको थियो ।
गण्डकी प्रदेशको सरकारमा विगतमा चलखेल गर्ने गरेको आरोप समेत उनले खेपेका थिए ।
यो स्टाटस पनि नजानिदो तरिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्ने राजनीतिक तरिका थियो । यो आफैमा नयाँ विषय नभएर उनभित्र लुकेको राजनीति र भावी गर्भनरको चर्चाका विषय यो स्टाटस आएको थियो ।
यो स्टाटसको ‘सिक्वयन्स’ अहिले आएर खुलेको छ । प्रधानमन्त्रीको बचाउन गर्ने गरी आएको स्टाटसको सम्बन्ध गभर्नरकाे दौडसँग जोडिएको देखिएको छ ।
यसैमा जोडिएर सिइओ शेरचनले लेखेका छन्,“अनयासै दमकको दमक बिजनेस कम्प्लेक्स पुग्ने अवसर जुर्यो । यसका बारेमा धेरै चर्चा परिचर्चा बिगतमा भएकोे छ । मैले आज त्यहाँ पुगेपछी यसको उपयोगिताका बारेमा बहुपक्षीय सम्भावनाहरूबारे मनन गर्दै गर्दा मलाई लागेको कुराहरू राख्दै छु ।”
उनले लेखेको सुझाव यस्तो छ :
अनयासै दमकको दमक बिजनेस कम्प्लेक्स पुग्ने अवसर जुर्यो । यसका बारेमा धेरै चर्चा परिचर्चा बिगतमा भएकोे छ । मैले आज त्यहाँ पुगेपछी यसको उपयोगिताका बारेमा बहुपक्षीय सम्भावनाहरूबारे मनन गर्दै गर्दा मलाई लागेको कुराहरू राख्दै छु :
१. १८ तले यस टावरको बिहृंगमताले भविष्यमा त्यस क्षेत्रको बैभबता झल्काउने छ । जसरी धरहरा, घन्टाघर, सिंहदरबार र शहिदगेटले काठमाडौंको बैभबता झल्काईरहेको छ । यी धरोहरहरु कल्ले बनाए भनेर हामी भन्दैनौ तर गर्वले शिर भने उँचो बनाउँछौ ।
२. यस टावरलाई प्रबिधी टावर (Technolgy Tower) को रूपमा बिकास र बिस्तार गर्नुपर्छ ।
३. जहाँ एउटा तलामा नेपालमा नेपाल टेलिकमको बिगत, बर्तमान र भबिस्य देख्न पाईयोस । सङै टेलिकमका दुई चार सय कर्मचारी उक्त टावरमा प्रबिधीका काममा कार्यरत रहुन ।
४. त्यसै गरि एनसेलको आगमन, अवस्था र उडान भविष्यको अर्को तलामा देख्न पाईयोस । सङै एनसेलका दुई चार सय कर्मचारी उक्त टावरमा प्रबिधीका काममा कार्यरत रहुन ।
५. भारतको प्रसिद्ध प्राबिधिक कम्पनी इन्फोसिस(Infosys) जो नेपालको लगभग सबै बाणिज्य बैंकहरुलाई कोर बैंकिङ सफ्टवेयर (CBS) आपूर्ति गर्ने कम्पनी पनि हो, उसकाे प्रदर्शनी कक्ष र प्रयोगशाला (R&D) एवं केही सय कर्मचारीहरु अर्को तलामा ।
६. चिनियाँ प्राविधिक कम्पनी हुवावे(Huawei)) जस्को उपस्थिति नेपाली बजारमा प्रशस्त देखिन्छ, उस्को प्रदर्शनी कक्ष र प्रयोगशाला (R&D) एवं केही सय कर्मचारीहरु अर्को तलामा ।
७. नेपाली सडकमा हिजोआज Electric vehicle(EV) को संख्या दिनहुुँ बढीरहेको छ र भविष्यमा यो क्रम अझ बढने छ, त्यसो हुँदा द्यथ्म् लगायतका कम्पनीहरुलाई भ्ख् प्राबिधिकहरुको बिकासका लागि प्रशिक्षण केन्द्र खोल्नका लागि २ वटा तला छुट्टाउने ।
८. सफ्टवेयर र एप्स बिकास गरेर निर्यात गर्ने र आन्तरिक बजारमा आपूर्ति गर्ने नेपाली कम्पनीहरु र तिन्का केही सय कर्मचारीहरुका लागि २ वटा तला ।
९. अन्य बहुराष्ट्रिय कम्पनीका प्रदर्शनी कक्ष र सेवाहरुका लागि २ वटा तला र दर्जनौ कर्मचारीहरु ।
१०. नेपाली हस्तकलाहरुको प्रदर्शनी कक्षका लागि १ तला र केही दर्जन कर्मचारीहरु ।
११. भाटभटेनी सुपरस्टोरका लागि १ तला चौबीसै घन्टा खुल्ने सेवा सहित र केही सय कर्मचारीहरु ।
१२. नेपाली स्वादका परिकारहरु पाईने रेस्टुरेन्टहरुका लागि १ तला र केही सय कर्मचारीहरु ।
१३. प्रबिधिमैत्री बने सङै सबैलाई साइबर आक्रमणको डर बढेर गएको छ, त्यस कारण एउटा केन्द्रीकृत साइबर सुरक्षा केन्द्रका लागि १ तला र केही दर्जन कर्मचारीहरु ।
१४. बैंक, बिमा र पूँजीबजारका सेवाकेन्द्रहरुका लागि १ तला र केही दर्जन कर्मचारीहरु ।
१५. बाँकी रहेका ३ तलामा बस्नका लागि सुविधाजनक अपार्टमेन्टहरु ।
यो मेरो ब्यक्तिगत धारणा हो । बनिसकेको पुर्बाधारहरुको उचित प्रयोग र उपयोग गर्नुपर्दछ ।
प्रतिक्रिया दिनुहोस्