राष्ट्रिय सहकारी बैंक र कोशी प्रदेशको सहकारी मन्त्रालयबिच ब्याज अनुदान कार्यक्रम गर्न सम्झौता


काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेड र कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयबिच कृषि कर्जामा ब्याज अनुदान कार्यक्रम सञ्चालनका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार ‘कृषि कर्जामा ब्याज अनुदान व्यवस्थापन कार्यविधि, २०८१’ को आधारमा वित्तीय संस्थाहरूमार्फत न्यूनतम ब्याजदरमा ४५ करोड रुपैयाँको कर्जा परिचालन गर्नेछ। यस कर्जालाई चालु आर्थिक वर्षमा परिचालन गर्नको लागि सम्झौतामा सहमति भएको हो।

सोमबार मन्त्रालयमा एक विशेष कार्यक्रमको आयोजना गरि बैंकका तर्फबाट कोशी प्रदेश कार्यालयका प्रमुख प्रभु पोखरेल र उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी महाशाखाकी प्रमुख डा. दीपा दिवालीले सम्झौतामा हस्ताक्षर गरे।

सम्झौताअनुसार, उक्त रकम बैंकले कोशी प्रदेशका १४ जिल्लामा रहेका कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाहरूलाई वितरण गर्नेछ।