काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ९०० रुपैयाँले बढेर एक लाख ७० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार ९५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्