कुलमान घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा शुन्य अंक दिएको भन्दै माओवादी केन्द्रको आपत्ति


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा शुन्य अंक दिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले कार्यकारी निर्देशक निर्देशक घिसिङलाई पटक पटक स्पष्टिकरण सोधिएकोबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले घिसिङले प्राधिकरणलाई नाफा लैजान मुख्य भुमिका खेलेको उल्लेख गर्दै सरकार हात धोएर पछि परेको टिप्पणी गरे ।

“जसले सधैं रकम उठाउने कुरा जो गरिरहनुभएको छ । त्यो करम उठाउने कुरामा पनि रोकावट बारम्बार जो आइरहेको छ । सरकारले यस्तो नगरियोस् । यसका लागि हामी सरकारलाई रुलिङ गर्न समेत अनुरोध गर्न चाहन्छौं,” उनले भने ।

उनले सरकारले उद्योगहरुको वक्यौता उठाउन समेत रोक लगाइरहेको भन्दै त्यसको गर्न नदिन सभामुखसँग रुलिङको माग गरे ।