काठमाडाैँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विदेशी लगानी भित्र्याउँदैमा विदेशी सेना आउँछ भनेर कुनै शंका नगर्न आग्रह गरेका छन् ।
बुधवार प्रतिनिधि सभामा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय आवश्यकताका आधारमा विदेशी लगानी भित्र्याएर रोजगारी सिर्जना गराउने बताएका हुन् । देशको कानूनी व्यवस्थाका आधारमा विदेशी लगानी भित्र्याउने पहल भइरहको उनको भनाइ छ ।
“देशभित्र विदेशी लगानीका लागि अनुकुल वातावरण निर्माण गर्नुपर्छ भन्ने सरकारको मान्या हो । विदेशी लगानी खास गरी हाम्रा राष्ट्रिय हितलाई केन्द्रमा राखेर हाम्रा आवश्यकता र प्राथमिकताका आधारमा विदेशी लगानी भित्र्याउने हो । हाम्रो देशभित्र रोजगारी सिर्जना गर्ने हो,” उनले भने ।
उपप्रधान तथा अर्थमन्त्री पोडेलले सरकारले ल्याएको विधेयक निजी क्षेत्रका छाता संगठन तथा युवा उद्यमीहरूले स्वागत गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्