कस्तो अवस्थामा भुक्तानी सेवा दिने संस्थाले ५ वर्ष नपुगी संस्थापक सेयर बिक्री गर्न पाउँछन् ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न अवस्थामा ५ वर्ष नपुगेपनि संस्थापक सेयर बिक्री गर्न पाउने उल्लेख गरेको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०८० मा संशोधन/परिमार्जन र थप गर्दै विभिन्न अवस्थामा ५ वर्ष नपुगे पनि संस्थापक सेयर बिक्री गर्न पाउने जनाएको हो ।

सामान्यतः अनुमतिपत्रप्राप्त भएको मितिले ५ वर्षसम्म संस्थापक शेयर खरिद बिक्री गर्न पाइदैँन । तरा आधुनिक प्रविधि भित्र्याउन पूँजी थप गर्नुपर्ने अवस्था वा दुई वा दुईभन्दा बढी संस्था एक आपसमा गाभिई नयाँ लगानीकर्ता थप गर्दा वा अन्य कुनै मनासिव कारणले संस्थापक शेयर खरिद/बिक्री गर्नुपर्ने औचित्य पुष्ट्याई हुने अवस्थामा राष्ट्र बैंकको स्वीकृति लिई संस्थापक शेयर खरिद बिक्री गर्न सकिने उल्लेख गरिएको छ ।

यसरी शेयर खरिद बिक्री गर्दा सम्पत्ति÷दायित्वको विस्तृत मूल्याङ्कन गरी प्रति कित्ता शेयर मूल्य निर्धारण गर्नुपर्ने जनाइएको छ ।