आइतबार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य एक लाख ७० हजार ३०० रुपैयाँ पुगेको हो ।

चाँदीको मूल्य प्रतितोला एक हजार ९८५ रुपैयाँ पुगेको छ ।