काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१’ मा नेपाल सरकार, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालबिच रोजगारउन्मुख सीप विकास तालिम सञ्चालनसम्बन्धी समझदारी पत्र मा हस्ताक्षर भएको छ।
सोमबार काठमाडौँको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा तीन संस्थाबिच उक्त सम्झौता भएको हो। समझदारी अनुसार अटोमोबाइल्स क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्न सीप विकास तालिम सञ्चालन गरिनेछ।
प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्दै सीप विकासमार्फत रोजगारीका अवसरहरू विस्तार गर्नुपर्नेमा जोड दिए। उनले नेपालमा उत्पादनशील श्रमशक्तिको उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्न तालिम र रोजगारीबिचको सहकार्य आवश्यक रहेको बताए।
सम्मेलनमा नीति निर्माताहरू, रोजगारदाता तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ।
प्रतिक्रिया दिनुहोस्