काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदीले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरू असफलसिद्ध भइसकेको टिप्पणी गरेकी छिन् ।
आईतवार प्रतिनिधि सभाको बैठकमा सांसद सुवेदीले सरकार आफैंले गरेको मूल्याङ्कनमा फेल भएको टिप्पणी गरेकी हुन् । उनले सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको आरोप समेत लगाइन् ।
सरकार विद्युत प्राधिकरणको कर्मचारीको पछिपछि दोडिरहेको र केबलकार निर्माणका विषयमा आन्दोलन गरिरहेका पक्षलाई दमन गरेर मानव अधिकारको धज्जि उडाइरहेको तथा व्यापारीको पक्षपोषण गरिरहेको आरोप लगाइन् ।
उनले सरकारमा रहेका नेता र तिनका परिवार जोडिएका काण्डहरुमा छानविन नगरि सत्ताको चरम दुरुपयोग गरिएको बताइन् । आफ्नालाई छानि छानि जोगाउन र विपक्षीलाई तानितानि फसाउने सरकारको हर्कतका कारण नागरिकहरुमा निराशा छाएको टिप्पणी गरिन्।
उनले सरकारले उत्पन्न गरेको निराशामै टेकेर राजावादीहरु व्यवस्थाको विरुद्धमा लागेका आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्