भारतबाट ९० हजार टन गहुँ आयात गर्न ७ व्यापारिक प्रतिष्ठान छनोट


काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट कोटाको ९० हजार टन गहुँ आयात गर्न ७ वटा व्यापारिक प्रतिष्ठान छनोट गरेको छ ।

विभागले यसअघि माघ १४ गते गहुँ आयात सम्बन्धी सार्वजनिक सूचना जारी गरेको थियो। सो अनुसार ५८ वटा फर्म तथा कम्पनीले आवेदन दिएका थिए, जस मध्ये ७ वटा व्यापारिक प्रतिष्ठानलाई गहुँ आयातको स्वीकृति प्रदान गरिएको छ।

गहुँ आयात गर्न काठमाडौंका कालीमाटीस्थित विशाल ट्रेड लिंक, कुलेश्वरस्थित श्यामबाबा इन्टरप्राइजेज र गुञ्जेश्वरी ट्रेड लिंक, वीरगञ्जस्थित जोश नेपाल ट्रेडर्स, कैलालीस्थित मन्सा इन्टरनेसनल। काठमाडौं डिल्लीबजारको दुर्गा ब्रदर्स कन्सर्न र ज्ञान इन्टरप्राइजेजलाई विभागले छनोट गरेको छ । छनोटमा परेका व्यापारिक प्रतिष्ठानलाई कोटा पनि प्रदान गरिएको छ । ती प्रतिष्ठान प्रत्येकले ३ हजार टनका दरले गहुँ आयात गर्न पाउने छन् ।

भारतको नेसनल कोअपरेटिभ एक्स्पोर्ट लिमिटेडबाट कोटा प्राप्त भएको मितिले तीन महिनाभित्र आयात गरिसक्नुपर्ने छ भने अनुमति प्राप्त गरेका कम्पनीले गहुँ आयात गर्न नसक्ने भए अनुमति पाएको मितिले १५ दिनभित्र विभागलाई जानकारी दिनुपर्ने छ ।