भक्तपुरमा उत्पादित ब्राे काउलीमा अत्यधिक विषादी, उपभोग अयोग्य प्रमाणित


काठमाडौँ । भक्तपुरमा उत्पादित ब्रो काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको कारण खान अयोग्य ठहरिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटीस्थित ६४५ नम्बर पसलमा बिक्रीका लागि राखिएको भक्तपुरमा उत्पादित ब्रो काउलीमा अर्गानोफस्फेट नामक कीटनाशक विषादीको मात्रा ८८.६७० प्रतिशत रहेकाले खान अयोग्य ठहरिएको हाे ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य ३५ देखि ४५ प्रतिशतसम्म केहिदिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।