सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । छापावाल सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँ रहेकोमा बुधबार ८०० रुपैयाँले बढेर एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४५ हजार रुपैयाँ कायम भएको छ ।