काठमाडाैँ । नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरी अटोमोबाइल क्षेत्रका विविध विषयमा छलफल गरेको छ।
सो अवसरमा महासचिव उप्रेतीले नाडाका विभिन्न समितिहरूमा गरिएको छलफलका आधारमा आर्थिक वर्ष २०८२\८३ का लागि बजेटसम्बन्धी सुझावहरू प्रस्तुत गरेका थिए। उनले नाडाले स्वच्छ व्यवसायको प्रवर्द्धनका लागि सरकारलाई निरन्तर सुझाव दिँदै आएको उल्लेख गरे ।
महानिर्देशक भट्टराईले व्यवसायीहरूले स्वच्छ व्यवसाय अभ्यासलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।
छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, लुब्रिकेन्ट्स समितिका उपसभापति दीपक कुमार, सदस्य अमरज्योति रञ्जितकर र अंकुर खनालको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्