काठमाडौँ । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनः अध्यक्षमा सर्वसम्मतीबाट निर्वाचित भएका छन् । विहीबारको भएको एशोसियसनको १९ औं वार्षिक साधारण सभाले श्रेष्ठलाई पुनः अध्यक्ष चुनेको हो ।
यस्तै, उपध्यक्षमा कामना सेवा बिकास बैंकका दिनेश थकाली, सचिवमा गरिमा बिकास बैंकका माधव प्रसाद उपाध्याय र कोषाध्यक्षमा ज्योति विकास बैंकका कपिल ढकाल निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा लुम्विनी विकास बैंकका नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रकाश पौडेल, महालक्ष्मी बिकास बैंकका दिपेश लम्साल, ग्रिन डेभलपमेण्ट बैंकका हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेण्ट बैंकका दिनेश पोखरेल निर्वाचित भएका छन् ।
एशोसियसनको १९ औं वार्षिक साधारण सभाले आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. २०८१÷८२ को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।
पुनः निर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले आफुलाई अध्यक्ष पदमा निर्वाचित गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै सबै सदस्य बैंकहरुको सहयोगबाट बिकास बैंकहरुको हक र हितका लागि कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्