स्वास्थ्य मन्त्रालयले १४ वटा अस्पतालमा १८ वटा सेवा सुविधा थप्ने


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनामा ‘स्वास्थ्य सेवा बिस्तार’लाई अभियानको रूपमा थालनी गरिएको जनाएको छ ।

शुक्रवार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । मन्त्रालयले चैत महिनाभर प्रतिष्ठान र संघीय अस्पतालहरुमा सेवा विस्तार योजनाअन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा तथा सुविधा थप गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनले नसर्ने रोगहरूकाे पहिचानका लागि मन्त्रालयले सुरू गरेको एक महिने अभियान सम्पन्न भइसकेको जानकारी दिए ।

वीर आपतालमा चैत दोस्रो सातादेखि काठमाडौं महानगरपालिकाको  सहयोगमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ जाँच सेवा गरिने जानकारी समेत दिए । पक्षघातको औषधि एक वर्षसम्मको लागि प्राप्त भएको मन्त्रालयको दाबी छ ।