२० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोलमार्फत २१ दिनको लागि २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

यसको ब्याजदर बोलकबोलमाध्यमबाट निर्धारण हुनेछ भने राष्ट्र बैंकले यसको साँवा ब्याज ३१ गते भुक्तानी गर्ने जनाएको छ । राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरुमा धितोको रुपमा प्रयोग गर्न सकिने छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने जनाइएको छ ।