काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका समस्याहरुको तत्काल समाधान गर्नको लागि सहकारीसम्बन्धी प्रतिस्थापन विधेयक ल्याइएको बताएका छन् ।
राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै मन्त्री अधिकारीले २०७४ मा बनेको सहकारी ऐनमा स्वनियमन संस्था हुँदाहुँदै पनि अनियमितता भएको उल्लेख गर्दै त्यसलाई व्यवस्थित गर्नको लागि विधेयक ल्याइएको बताएका हुन् ।
उनले सहकारी ऐनमा रहेको त्रुटि र सहकारीसम्बन्धी संसदीय विषेश छानविन समितिले दिएको निर्देशन, सहकारी पीडितहरुसँग सरकारले समय समयमा गरेको सहमति, सहकारीका विभिन्न निकायले दिएको सुझाव र सहकारीसम्बन्धी अन्तर्राष्ट्रिय मुल्यमान्यताको अधारमा विधेयक अघि सारिएको जिकिर गरे ।
विधेयकले कानूनी रुप लिएपछि सहरकारीहरुमा देखिएका समस्याहरु तत्काल समाधान गर्नको लागि सहयोग पुग्ने बताए ।
मन्त्री अधिकारीले तत्कालका समस्याहरु समाधान गर्ने र समयक्रमसँगै आवश्यक परिमार्जन गर्ने सरकारको नीति रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्