काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\०८२ को आठ महिना (साउनदेखि फागनु) सम्म निर्जीवन लघु बिमकले ५७ करोडभन्दा रुपैयाँ बढी कुल बिमाशुल्क आर्जन गरेको छन्।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको आठ महिनामा चार वटा लघु निर्जीवन बिमकले २ लाख ३० हजार ७ वटा बिमालेख जारी गरेर ५७ करोड ९६ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।
जसमा सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ६५ हजार ८३७ वटा बिमालेख बिक्री गरेर १६ करोड ६४ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ। त्यस्तै प्रोटेक्टिभ माइक्रो रहेको छ। यो कम्पनीले ५५ हजार ६२३ वटा बिमालेख बिक्री गरेर १४ करोड ६३ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।
यसैगरी स्टार माइक्रोले ६१ हजार ९४ वटा बिमालेख बिक्री गरेर १३ करोड ५१ लाख रुपैयाँ र ट्रस्ट माइक्रोले ४७ हजार ४५३ वटा बिमालेख बिक्री गरेर १३ करोड १६ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्क जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्