कन्टेनरभरी भाटभटेनी सुपरमार्केटको सामान, तस्करी भेप कसकाे ?


काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा शङ्कास्पद विद्युतीय चुरोट (भेप) को ठुलो परिमाण बरामद भएपछि भाटभटेनी सुपरमार्केटको संलग्नतालाई लिएर प्रश्न उठेको छ ।

चीनसँगको सीमा नाका तातोपानीबाट भित्रिएको ना ६ ख ५४९६ नम्बरको ट्रकमा ५५ वटा ठुला र ३० वटा सानो डब्बामा प्याक गरिएको ७४० थान भेप बरामद भएको हो ।

यस घटनामा नाटकीय मोड तब आयो जब सांसदहरूले उक्त कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामानसँगै भेप बरामद भएको दाबी गरे । यद्यपि, भाटभटेनी सुपरमार्केटले यस आरोपको खण्डन गरेको छ ।

भाटभटेनीका अनुसार उक्त कन्टेनर तातोपानी भन्सारबाट शिल गरिएको थियो र त्यसमा आयात गरिएको अन्य सामग्रीहरू कानुनी रूपमा जाँचपास भएका थिए । प्रहरीले पनि चालकले आफ्नो बस्ने सिटमुनी अवैध रूपमा भेप लुकाइ ल्याएको पुष्टि गरेको छ ।

भाटभटेनीका अनुसार उक्त कन्टेनर तातोपानी भन्सारबाट शिल गरिएको थियो र त्यसमा आयात गरिएको अन्य सामग्रीहरू कानुनी रूपमा जाँचपास भएका थिए । प्रहरीले पनि चालकले आफ्नो बस्ने सिटमुनी अवैध रूपमा भेप लुकाइ ल्याएको पुष्टि गरेको छ ।

यसरी भयो बरामद

राजस्व अनुसन्धान विभागलाई तातोपानी नाका भन्सारबाट जाँचपास भएका पाँचओटा कन्टेनरमा विद्युतीय चुरोट (भेप) भएको सूचना आयो ।

भूकम्पपछि केही समय बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आएपछि तस्करीका घटनाहरू बढ्न थालेको अनुसन्धान अधिकारीले बताएका छन् ।

विगतमा तातोपानी नाकाबाट सुन, रक्तचन्दन जस्ता बहुमूल्य सामग्रीहरूको अवैध ओसारपसार हुने गरेको थियो । हालै तातोपानी नाका हुँदै पठाउन लागिएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा पनि प्रहरीले बरामद गरेको छ ।

सूचना प्राप्त गर्नेवित्तिकै विभागले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसँग समन्वय गर्‍यो । सूचना अनुसार तातोपानी नाकाबाट भन्सार प्रक्रिया पूरा गरी काठमाडौं आइरहेका दुई कन्टेनरमध्ये ना ६ ख ५४९६ नम्बरको कन्टेनरलाई बाह्रबिसेको खुर्सानीबारी बजारमा जाँच गर्दा सिटमुनी लुकाइएका ७४० वटा भेप र तीन वटा मोबाइल पेला पर्‍यो ।

विगतमा तातोपानी नाकाबाट सुन, रक्तचन्दन जस्ता बहुमूल्य सामग्रीहरूको अवैध ओसारपसार हुने गरेको थियो । हालै तातोपानी नाका हुँदै पठाउन लागिएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा पनि प्रहरीले बरामद गरेको छ ।

बरामद भेप २५ लाख ५२ हजार बराबरको सामान रहेको प्रहरीले जनाएको छ । यस्तै बलेफी गाउँपालिका–१, लामोसाँघुस्थित सशस्त्र प्रहरी बल चेकपोस्टले ना ६ ख ६६४७ नम्बरको ट्रकबाट १५५ वटा भेप, मोबाइल तथा नगद गरी ३ लाख ५२ हजार रुपैयाँ बराबरको सामग्री बरामद गर्‍यो । यो चैत्र ६ गतेको घटना थियो ।

विभागलाई आएको सूचना र शङ्का लागेका ५ वटा कन्टेनरमध्ये २ वटामा भेप भेटिए पनि ३ ओटामा केही भेटिएन । भेप पक्राउपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चैत ७ गतेको प्रतिनिधि सभा बैठकमा ७४० ओटा भेपसहित भाटभटेनी सुपर मार्केटको ट्रक समातिएको भन्दै संरक्षण नगर्न सरकारसँग माग गरे ।

सांसद झाले सत्तारुढ दल एमालेको पार्टी कार्यालय बनाउने जिम्मा लिएका मिनबहादुर गुरुङ्ले सञ्चालन गरेको भाटभटेनी सुपरमार्केटको ट्रकसहित भेप समातिएको भन्दै त्यसमा संलग्नमाथि कारबाहीको माग गरे । झाले सदनमै प्रश्न उठाउनुको कारण थियो कन्टेनरका सबै सामान भाटभटेनी सुपरमार्केटको थियो ।

दुई ओटै कन्टेनरको सामान भाटभटेनी सुपरमार्केटको भएपछि प्रश्न उठ्नु स्वभाविक थियो । भन्सार जाँचपास गरेको कन्टेनरमा भेप समातिएपछि भाटभटेनी सुपरमार्केट र यसका मालिक मिनबहादुर गुरुङलाई लक्षित गरेर सदनमा झाले प्रश्न उठाएका थिए ।

भेप पक्राउपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चैत ७ गतेको प्रतिनिधि सभा बैठकमा ७४० ओटा भेपसहित भाटभटेनी सुपर मार्केटको ट्रक समातिएको भन्दै संरक्षण नगर्न सरकारसँग माग गरे ।

उनले भनेका थिए ,“सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ७४० वटा भेप समातिएको छ । त्यो भाटभटेनी सुपर मार्केटको भएको भन्ने कुरा खुलिसकेको छ । त्यसलाई राजनीतिक दल र त्यसमा पनि प्रधानमन्त्रीज्यूको पार्टी कार्यालय बनाउने दाता भएको हुनाले संरक्षण नगरियोस् ।”

चीनको तातोपानी नाका हुँदै काठमाडौं आउँदै गरेका दुई मालवाहक ट्रकबाट बाह्रबिसे र लामोसाँघुमा गरी २१ लाख रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) तथा केही मोबाइल प्रहरीले बरामद गरेपछि विभाग पनि सक्रिय भएको थियो ।

भाटभटेनीकै सामान भएको कन्टेनरमा भेप समातिएपछि विभागले संवेदनशील बनेर अनुसन्धान सुरु गरेको थियो । विभागमा संलग्न अनुसन्धान अधिकारीका अनुसार विभागले कन्टेनरका सिल गरेका प्रत्येक सामानको जाँच गर्‍यो। भेप सिल गरिएका सामानभित्र नभएर कन्टेनरको अगाडि फल्सभित्र र सिटमुनी लुकाएको भेटिएको थियो ।

भाटभटेनीकै सामान भएको कन्टेनरमा भेप समातिएपछि विभागले संवेदनशील बनेर अनुसन्धान सुरु गरेको थियो । विभागमा संलग्न अनुसन्धान अधिकारीका अनुसार विभागले कन्टेनरका सिल गरेका प्रत्येक सामानको जाँच गर्‍यो। भेप सिल गरिएका सामानभित्र नभएर कन्टेनरको अगाडि फल्सभित्र र सिटमुनी लुकाएको भेटिएको थियो ।

अनुसन्धानमा संलग्न अधिकृतले भने, “यसलाई हामीले संवेदनशील तरिकाले जाँच गरेका छौँ । सिल गरिएका सामानभित्र भेप भएको भए भाटभटेनीकाे हाे भन्ने हुन्थ्याे तर फल्स र सिटमुनी भेप भएकाले भाटभटेनीको सामान बाकेका कन्टेनर अरू तस्कारले प्रयोग गरेको हो कि जस्तो पनि देखिन्छ ।”

भाटभटेनीका सामान बोकेका कन्टेनर किन प्रयोग गरियो ?

राजस्व अनुसन्धान आयोगको प्रारम्भिक निष्कर्ष भाटभटेनीको सामान बोकेका कन्टेनर प्रयोग गरिएको हो कि भन्नेतिर बढी ध्यान केन्द्रित गरेको देखिन्छ । आयोगले केही समय अगाडिमात्रै मुस्ताङबाट ठुलो मात्रामा भेप पक्राउ गरेको थियो ।

मुस्ताङबाट ठुलो परिमाणमा भेप पक्राउपछि कारोबारीहरूले फुटकरमा भित्राउन थालिएको हो कि भन्ने विभागले शङ्का गरेको छ ।

अनुसन्धानका क्रममा भेप पक्राउ परेका कन्टेनरका ड्राइभरले गाडी बिग्रेको भनेर बिच बाटोमा अलमल गरेका थिए । रोकिएकै ठाउँबाट भेप चढाइएको हुन सक्ने आशङ्का राजस्व अनुसन्धान अधिकारीहरूको छ ।

भाटभटेनीका मालिक आफै ‘पावर पोल्टिक्स’ खेल्ने व्यवसायी हुन् । उनको सामान बोकेको कन्टेनरमा भेप हाल्दा सजिलै पास हुने अनुमान आरोपीको हुन सक्छ ।

शङ्काको सुविधा दिँदा यदि भाटभटेनीकै भेप भएको भए पनि यो निकै थोरै परिणाम भएकाले भाटभटेनीले यत्तिमा जोखिम किन लियो भन्नेबारे समेत अनुसन्धान अधिकारीहरू छलफलमा छन् । यद्यपी यसको च्यानल पत्ता लाग्न सकेको छैन ।

शङ्काको सुविधा दिँदा यदि भाटभटेनीकै भेप भएको भए पनि यो निकै थोरै परिणाम भएकाले भाटभटेनीले यत्तिमा जोखिम किन लियो भन्नेबारे समेत अनुसन्धान अधिकारीहरू छलफलमा छन् । यद्यपी यसको च्यानल पत्ता लाग्न सकेको छैन ।

आफ्ना सामान र ट्रक छुटाइदिन गुरुङ आफैले विभागलाई पत्र समेत लेखेका छन् । उनले यसमा आफ्नो कुनै संलग्न नभएको र ड्राइभरले बदमासी गरेको र समाधान छोडिदिन आग्रह गर्दै आफै पत्र लेखेका हुन् ।

सदनमा कुरा उठेपछि गुरुङले विज्ञप्ति पनि जारी गर्दै आफ्नो संलग्नता अस्वीकार गरेका थिए । विज्ञप्तिमा तातोपानी भन्सारबाट शिल लगाएर पास गरिएको सामग्रीबाहेक चालक तथा सहचालकले गर्ने कुनै पनि कमजोरीको जिम्मेवारी आयातकर्ताको नहुने पनि उल्लेख गरिएको छ ।

भाटभटेनीले चालकले सिटमुनी लुकाएर ल्याएको अवैध भेपसहित चालक पक्राउ परिसकेको अवस्थामा आफ्नो संस्थालाई जोडेर टिकाटिप्पणी गर्नु खेदजनक भएको बताएको छ ।

भाटभटेनीले चालकले सिटमुनी लुकाएर ल्याएको अवैध भेपसहित चालक पक्राउ परिसकेको अवस्थामा आफ्नो संस्थालाई जोडेर टिकाटिप्पणी गर्नु खेदजनक भएको बताएको छ ।

राजस्व अनुसन्धान विभागकी उपमहानिर्देशक तथा प्रवक्ता कृष्ण कुमारी श्रेष्ठले गत शुक्रबार (चैत ८ गते) विभागले अनुसन्धान अधिकृत तोकी भेप प्रकरणमा अनुसन्धान सुरू गरेको जानकारी दिइन् ।

उनले भनिन्, “अहिले त्यो कसको हो भन्ने थाहा छैन । विभागले गाडी, चालक र भेपलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। अनुसन्धानको निष्कर्ष आएपछि मात्र थप विवरण थाहा हुनेछ ।”

सुनजस्तै समस्या भेपमा

नेपालमा यसअघि पनि भेप तस्करीका घटनाहरू सार्वजनिक भएका छन् । पछिल्लो ८ महिनामा ११९ किलो भेप वैधानिक रूपमा आयात भएको तथ्याङ्क छ तर भन्सार छली र चोरी तस्करी गरेर भित्रिने भेपको मात्रा योभन्दा धेरै डरलाग्दो छ ।

औपचारिक रुपमा मलेसियाबाट भेप आयात हुने गरेको भन्सारको रेकर्डले देखाए पनि चीनबाट भेप तस्करी भइ नेपाल भित्रने र भारततर्फ पुनः अवैध तस्करी हुने चक्र देखिएको छ ।

विगतमा पनि एक लाखभन्दा बढी भेप बरामद गरी कारबाही गरिएको रेकर्ड छ । यी घटनाहरूमा प्रायः भरिया र सामान्य नागरिक मात्र पक्राउ पर्ने र ठुला तस्करहरू पत्ता नलाग्ने प्रवृत्ति देखिएको छ । पछिल्लो समय भेपमा पनि सुनतस्कारीमा जस्तै भरिया मात्रै पक्राउ पर्ने गरेका छन् ।

पछिल्लो समय भेप तस्कारीमा ड्राइभर मात्रै बढी पक्राउ पर्ने गरेका छन् । सञ्जाल यति बलियो छ कि एउटा काम गर्ने मान्छेलाई यो कसको साधन भन्ने थाहा हुँदैन (वा भन्दैनन्) ।

पछिल्लो समय भेप तस्कारीमा ड्राइभर मात्रै बढी पक्राउ पर्ने गरेका छन् । सञ्जाल यति बलियो छ कि एउटा काम गर्ने मान्छेलाई यो कसको साधन भन्ने थाहा हुँदैन (वा भन्दैनन्) ।

भाटभटेनीको कन्टेनरसँग पक्राउ परेको भेपको परिमाण थोरै भए पनि ठुलो जालोसँगै जोडिएको अनुमान भए पनि मालिक पत्ता लाग्न सकेको छैन ।

फल्समा भेटिएकाले सामान भाटभटेनीकै हो भन्ने दाबीको आधार नदेखिएको अनुसन्धान अधिकारीहरू बताउछन् ।

स्रोतले भन्यो,“सिल गरिएका साधन भित्र भेटिएको भए धेरै केही सोच्नै पर्दैन थियो (साधन भाटभटेनीकै हो भन्ने हुन्थ्यो), फल्स र सिटमुनी भेटिएकाले ड्राइभरले बदमासी गरेको हो कि भन्ने पनि देखिन्छ ।”

मुख्य मान्छे नभेटिएकाले यसै भन्न सक्ने अवस्था भने छैन । अनुसन्धान अधिकारीहरूका अनुसार सामान भन्सार कटेपछि हालेकोजस्तो देखिन्छ । यसपटक पक्राउ परेको भेप प्रकरणमा पनि ड्राइभर त पक्राउ परे तर यसको मुख्य मालिक भने पत्ता लागेको छैन ।