काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल मनि विक २०२५’ को सेरोफेरोमा विद्यार्थी तथा युवा युवतीहरू लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सप्ताहव्यापी रूपमा सञ्चालन गरेको छ । बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरू सातवटै प्रदेशहरूमा संचालन गरेको हो ।
बैंकले ग्लोेबल मनि विक २०२५ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा ६ हजार भन्दा बढी विद्यार्थी तथा युवा–युवतीहरुको सहभागिता रहेको थियो ।
यसका साथै, नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरुले आयोजना गरेको कार्यक्रममा समेत ग्लोबल आइएमई बैंकका कर्मचारीहरु वित्तीय सचेतना अभिवृद्धि व्यानर सहित सहभागि भएका थिए ।
ग्लोबल आइएमई बैंकले आफ्ना ३५५ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ ।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बिमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।
प्रतिक्रिया दिनुहोस्