काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक २६.१० अंकले बढेर २६४०.७८ अंकमा पुगेको छ ।
आजको दिन सेयरबजारमा कारोबार भएका कुल १३ उपसमुहकै सेयरमूल्य बढेको छ ।
सोमबार नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ६९ लाख ७७ हजार ५७८ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.५१ प्रतिशतले बढेको छ ।
त्यस्तै आज अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.२६ प्रतिशतले घटेको छ ।
कुल ३२६ कम्पनीको ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्