काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा बदमासी भएपनि अब यस्को अन्तय भएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको कृषि उधम केन्द्रले आज ललितपुरमा गरेको कृषिमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बाेधन गर्दे कृषिमन्त्री अधिकारीले मन्त्रालयले हाल सम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरूवात भएकाले अब सबै अनुदान पारदर्शी हुने बताएका हुन् ।
विगत पाँच वर्षमा १ खर्व ५ अर्ब रुपैँया रकम कृषि अनुदानमा गएको उल्लेख गर्दे मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान भने अहिले रोकिएको बताए ।
कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको प्रयास जरुरी रहेको र नीजि क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पुरा हुन सक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्