काठमाडाैँ । चिनियाँ वित्त पोषित उद्यम सिनफेङले मंगलवार इजिप्टको सुएज नहर आर्थिक क्षेत्रको जनरल अथोरिटी (एससीजोन) सँग उत्पादन परिसर स्थापना गर्न भूमि प्रयोग अधिकार सम्झौतामा हस्ताक्षर गरेको छ ।
सम्झौता अन्तर्गत सिनफेङ इजिप्टले एससीजोनको ऐन सोखना एकीकृत क्षेत्रमा ३.७५ मिलियन वर्ग मिटर क्षेत्रफलमा फैलिएको उत्पादन परिसर निर्माण गर्न १.६५ अर्ब अमेरिकी डलर लगानी गर्नेछ । इजिप्टका प्रधानमन्त्री मुस्तफा माडबोली उपप्रधानमन्त्री तथा यातायात तथा उद्योग मन्त्री कामेल अल–वजीर, एससीजोन जनरल अथोरिटीका अध्यक्ष वालिद गमाल एल–देन र अन्य इजिप्टका अधिकारीहरू हस्ताक्षर समारोहमा उपस्थित थियाे ।
पाँच वर्षमा दुई चरणमा सम्पन्न गर्ने योजना बनाइएको यस परिसरमा नौ कारखाना, एउटा ठोस फोहोर प्रशोधन कार्यशाला र एउटा अनुसन्धान तथा विकास र तालिम केन्द्र समावेश हुनेछन् । यसले मुख्यतया अटोमोबाइल र यातायातका पार्टपुर्जा, औद्योगिक मानक पार्टपुर्जा र औद्योगिक गैर–मानक पार्टपुर्जा उत्पादन गर्नेछ ।
सिनफेङ इजिप्टका अध्यक्ष तियान हाइकुईले ८ हजार प्रत्यक्ष रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको उत्पादन कम्प्लेक्सले टर्मिनल औद्योगिक उत्पादन निर्माण र अटोमोबाइल, इन्जिनियरिङ मेसिनरी र घरेलु उपकरणहरू जस्ता उच्च–मूल्य अभिवृद्धि उद्योगहरूमा ध्यान केन्द्रित गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्