काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबिच बीमा सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्र अनुसार सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा रहेका ट्रकहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो ।
उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट नायव महाप्रबन्धक कविराज पौडेल तथा सेती महाकाली ट्रक यातायात व्यवसायी संघको तर्फबाट अध्यक्ष श्री मोहन सिंह साउदले हस्ताक्षर गरेका छन् ।
सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा आवद्ध सवारी साधनहरुकोे व्यापक सवारी साधन बीमा सलिको इन्स्योरेन्सबाट हुने र उक्त सवारी साधन अन्तर्गत भविष्यमा कुनै दावी परेमा बीमा कम्पनीले दावी भूक्तानी प्रकृयालाई थप सरल, सहज तथा शिघ्र भुक्तानी गर्ने समेत जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्