बुधबार नेप्सेमा हरियाली, कारोबार रकम ४ अर्ब रुपैयाँ


काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ३९.१३ अंकले बढेर २६२१.८६ अंकमा पुगेको छ ।

आजको दिन सेयरबजारमा कारोबार भएका कुल १३ उपसमुहकै सेयरमूल्य बढेको छ ।

बुधबार नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४१ करोड ८६ लाख ७८ हजार १४८ रुपैयाँको कारोबार भएको छ ।

बुधबार राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् । कम्पनीको सेयरमूल्य ५.८५ प्रतिशतले बढेको छ ।

त्यस्तै आज उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.०९ प्रतिशतले घटेको छ ।

कुल ३१७ कम्पनीको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड ४४ लाख ८ हजार ८९४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।