खाद्यान्न अभाव कम गर्न उत्तरपूर्वी युगाण्डामा चीनद्वारा चामल हस्तान्तरण


चीनले युगाण्डाको अर्ध–सुक्खा उत्तरपूर्वी क्षेत्र कारामोजालाई १ हजार ६१० मेट्रिक टन चामल प्रदान गरेको छ । जहाँ हजारौं मानिसहरू खाद्यान्न अभावसँग संघर्ष गरिरहेका छन् ।

युगाण्डाका लागि चिनियाँ राजदुत झाङ लिझोङले संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम गोदामहरूमा आयोजित एक कार्यक्रममा युगाण्डाका प्रधानमन्त्री रोबिना नाब्बान्जाको प्रतिनिधिलाई चामल प्रदान गरेका हुन् ।

झाङले प्रधानमन्त्री कार्यालयको अनुरोधको प्रतिक्रियामा यो दान गरिएको बताए । २०२१ मा चीनले युगान्डालाई २० लाख अमेरिकी डलर बराबरको राहत खाद्यान्न दान गरेको थियो । जसले गर्दा यस क्षेत्रभरका ३०० विद्यालयका १ लाख २० हजार भन्दा बढी बालबालिकालाई फाइदा पुगेको थियो ।