राजवादीलक्षित महासचिव चन्दको टिप्पणीः जनतालाई प्रभुहरुको खाँचो छैन


काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले राजावादीहरुलाई लक्षित गर्दै नेपाली जनतालाई प्रभुहरूको खाँचो नभएको टिप्पणी गरेका छन् ।

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौँ गरेको बृहत आमसभालाई सम्बोधन गर्दै उनले केही तत्वहरू गणतन्त्र उल्ट्याउने प्रयासमा रहेको भन्दै जनतालाई प्रभुहरूकाे खाँचो नभएको टिप्पणी गरेका हुन् । उनले सामन्तवादी वन्धन, सामन्तवादी प्रवृत्ति र सामन्तवादी हैकम तथा अधिनायकवादीलाई जनताले परास्त गरेर गणतन्त्रमा प्रवेश गरेको भन्दै व्यवस्था उल्ट्याउनेबारे नसोच्न चुनौती दिए।

नागरिकका सबै चाहानाहरू पुरा हुन नसके पनि जनताले गणतन्त्रप्रति गौरव गरिरहेको उनको भनाइ छ । उनले जनतासँग हारेर सत्ता गुमाएका तत्वहरु विदेशीको उत्साहटमा गाण्तन्त्रको विरुद्धमा षड्यन्त्र गरिरहेको बताए ।

उनले गणतन्त्रको पक्षमा लडेका नागरिकहरू अधिकार सम्पन्न भइनसकेका कारण आफूहरू अगाडि बढ्न खोजिरहेको बताए ।