तिनकुनेसहित यी स्थानमा राति १० बजेसम्म कर्फ्यु जारी


काठमाडौं । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको छ । काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यू जारी भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरेर कफ्र्यू जारी भएको जानकारी गराइरहेका छन् ।