काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देश फेरि अँध्यारो युगतर्फ फर्किन नसक्ने स्पष्ट पारेका छन् ।
शनिबार काठमाडौँमा आयोजित सुखानी शहीद स्मृति प्रतिष्ठानको २०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले शहीदहरूको बलिदानबाट प्राप्त जनअधिकार र स्वतन्त्रता कसैले खोस्न नसक्ने बताएका हुन् । साथै कसैले उदण्डता देखाउँदैमा नागरिकले प्राप्त उपलब्धिहरू गुम्न नदिने उनको भनाइ थियो।
“गणतन्त्र र स्वतन्त्रता शहीदहरूको बलिदान र लाखौँ नागरिकको संघर्षबाट प्राप्त भएको हो,”दाहालले भने,”शहीदहरूले देखाएको बाटोमा हिँड्नु र प्राप्त उपलब्धिहरूको रक्षा गर्नु हामी सबैको दायित्व हो।”
उनले गणतन्त्रपछि देशमा विकास निर्माणले गति लिएको र नागरिकहरू राजनीतिक रूपमा अधिकारसम्पन्न भएको उल्लेख गर्दै, केही भएन भन्ने भ्रम सिर्जना गरेर जनतालाई निराश पार्न खोजिएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्