संसदमा अध्यक्ष लिङदेनले भनेः राजावादी यहाँ छ, सके जेल हाल !


काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफूलाई राजावादी भनेर विरोध गर्ने गणतन्त्रवादीहरूलाई ‘सके जेल हाल’ भनेर चुनौती दिएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा माओवादी र सत्तापक्षका सांसदहरूले राजावादीहरूलाई थुन्नुपर्ने प्रस्ताव गरेका थिए ।

जसको विरोध गर्दै लिङदेनले संसदमा भने, “कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नु भन्नुभयो भने म छाती ठोक्न सक्छु, राजावादी यहाँ छ, सके जेल हाल !”