काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ ।
आइतवार उनीहरूलाई म्याद थप गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको हो । चैत्र १५ गते तीनकुनेमा आन्दोलनकारीहरूलाई उक्साएर घटना गराएको आरोपमा उनीहरूलाई पक्राउ गरी म्याद थप गर्नका लागि अदालतमा लगिएको हो ।
आइतवार नै प्रहरीले म्याद थपका लागि सरकारी वकीलको कार्यालय पुर्याएको थियो । त्यसपछि जिल्ला अदालतमा लगेर उनीहरूको म्याद थपको प्रक्रिया अघि बढाइएको हो । चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा दुवै नेताहरू सहभागी बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्