आर्थिक वर्ष २०२३/२४ मा २३ अर्ब रुपैयाँभन्दा बढी शंकास्पद कारोबार


काठमाडौँ । आर्थिक वर्ष २०२३/२४ मा २३ अर्ब रुपैयाँको शंकास्पद कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको २०२३ २४ को प्रतिवेदन बैंक तथा वित्तीय संस्था, भुक्तानी कारोबार संस्था, गैर बैंकिङ् संस्थाहरुमार्फत ७ हजार ३३८ शंकास्पद गतिविधि भएको र त्यसमार्फत २३ अर्ब २६ करोड २२ लाख रुपैयाँको शंकास्पद कारोबार भएको उल्लेख गरेको छ ।

सबैभन्दा बढि शंकास्पद कारोबार वाणिज्य बैंकहरु मार्फत भएको छ भने सबैभन्दा कम लघुवित्त कम्पनीहरु मार्फत भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । वाणिज्य बैंकहरु मार्फत २१ अर्ब ५ करोड ४ लाख रुपैयाँकोे शंकास्पद कारोबार भएको छ । प्रतिवेदन अनुसार वाणिज्य बैंकहरुले ६ हजार १८१ शंकास्पद गतिविधि भएको हो ।

विकास बैंकहरु बाट ४९१ शंकास्पद गतिविधि भएको छ भने ६८ करोड १७ लाख रुपैयाँ बराबरको शंकास्पाद कारोबार, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली प्रदायक कम्पनीहरु मार्फत १८१ शंकास्पद गतिविधि र ६३ करोड १७ लाख रुपैयाँको शंकास्पद कारोबार, फाइनान्स कम्पनीहरु मार्फत २१७ शंकास्पद कारोबार र ४१ करोड ९५ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको छ ।

सेक्युरिटिज कम्पनीमार्फत ५२ शंकास्पद गतिविधि र ३० करोड रुपैयाँभन्दा बढीको शंकास्पद कारोबार, रेमिट्यान्स कम्पनीमार्फत १२६ शंकास्पद गतिविधि र ८ करोड ३९ लाख रुपैयाँको शंकास्पाद कारोबार, बिमा कम्पनीमार्फत ६२ शंकास्पाद गतिविधि र ५ करोड २३ लाख रुपैयाँको शंकास्पद कारोबार, सहकारी मार्फत ८ शंकास्पद गतिविधि र ३ करोड ३४ लाख रुपैयाँको शंकास्पाद कारोबार, लघुवित्त कम्पनीहरु मार्फत १२ शंकास्पद गतिविधि र ३३ लाख शंकास्पाद कारोबार र क्यासिनो, सरकारी संस्था र अन्य संस्थाहरु मार्फत ८ शंकास्पद गतिविधि र ५५ लाख रुपैयाँको शंकास्पद कारोबार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।