भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रको अवसरमा भोलि (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित निर्णयअनुसार सो दिन सार्वजनिक बिदा लागू हुने जानकारी गराएको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित सूचनामा सरकारले यसअघि ईदको दिन सार्वजनिक बिदा दिने घोषणा गरिसकेको उल्लेख छ। सोहीअनुसार पर्वको अवसरमा सोमबार सबै निकायमा सार्वजनिक बिदा हुने जनाइएको छ।