काठमाडाैँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राजश्व छलीका विषयमा मिलापत्रको व्यवस्थाले राजश्व संकलनमा अनुकुल सहयोग गर्ने बताएका छन् ।
सोमवार राष्ट्रिय सभा बैठकमा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरियोस् भन्ने विधेयक २०८१’ माथि छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले पहिला ५० करोडसम्मको राजश्व छलीमा मिलापत्रको व्यवस्था गरेको भएपनि अहिले संशोधनमार्फत ३ करोडसम्मको राजश्व छलीमा मिलापत्रको व्यवस्था गरिएको बताएका हुन् ।
राजश्व छलीको मुद्दाको टुङ्गो लाग्न समय लाग्ने भएकाले मिलापत्र गरी छली रकम बुझाउँदा राजश्व बढ्ने र राज्यलाई फाइदा हुने उनको भनाइ छ । “जहाँसम्म यो तीन करोडको राजश्व छलीको विषय छ यसमा एउटा प्रष्ट के गरौँ भने पहिला ५० लाख थियो अहिले ३ करोड गरियो । ५० लाख चाहीँ ठिक थियो त ? ५० लाख छुट दिन मिल्ने भन्ने अर्थमा बुझ्ने हो भने ५० लाखसम्म ठग्न छुट दिने त्यसपछि ३ कराड भएपछि ठग्न नदिने भन्ने अर्थमा हो त ? त्यस्तो कुरा होइन,” उनले भने ।
अर्थमन्त्री पौडेलले विधेयकमाथि सांसदहरुले राखेका तर्क तथा विश्लेषणलाई आफूले सम्मान गर्नेे बताए ।
प्रतिक्रिया दिनुहोस्