सांसद दीपक बोहराको निधन


काठमाडाैँ । संघीय सांसद दीपक बोहराको निधन भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको हो । उनी रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन् ।

२०७७ साल जेठमा कोरोना भाइरसबाट संक्रमित भएपछि बोहराको स्वास्थ्यमा समस्या देखिएको थियो । संक्रमणको केही समयपछि उनलाई पोस्ट-कोभिड लक्षणहरू लेखिएको थियो ।

उनकाे थप उपचारका लागि दिल्ली र न्युयोर्क पुगेका बोहरा स्पिच थेरापी लिँदै आएका थिए । पछिल्लो समय भने उनी घरमै स्वास्थ्य लाभ लिँदै आएका थिए ।