नेप्सेको सिईओ पदमा चुडामणी चापागाईँ नियुक्त


काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्सेको सीईओ नियुक्त गरेको हो ।

नवनियुक्त सिईओ चापागाँईले मंगलबार (आज) नियुक्ति पत्र समेत बुझिसकेका छन् । अर्थमन्त्रालयमा आयोजजित कार्यक्रममा राजश्व सचिव दिनेशकुमा घिमिरेले सिईओ चापागाईँलाई नियुक्ति पत्र प्रदान गरे ।

यससँगै नेप्सेले करिब २ महिनापछि नेतृत्व पाएको छ । नेप्सेको सीईओ पद गत माघ २५ गतेदेखि रिक्त थियो ।

चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नारदकुमार लुइटेललाई नेप्सेको सीइओ बनाउने निर्णय गरेपनि उनी विरुद्ध उजुरी र विरोध भएपछि सरकारले निर्णय सार्वजनिक गरेन ।

चापागाई आफैमा पुर्व बैंकर तथा प्राध्यापक हुन्। सूचना तथा प्रविधिमा पनि प्रविधिमा अनुभव भएका उनले सानिमा र सनराइज बैंकमा करीब २५ वर्ष बढीको अनुभव रहेको छ।

सूचना तथा प्रविधिमा पनि प्रविधिमा अनुभव प्राप्त भएकाले प्रविधिको क्षेत्रमा सुधार गर्न सक्ने व्यक्तिको रुपमा उनलाई चिनिन्छ। सानिमा र सनराइज बैंकमा समेत काम गरेका चापागाईसंग करीब २५ वर्ष बढीको अनुभव रहेको छ।

नेप्सेको सीईओ सिफारिस समितिले चुडामणी चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल गरी ५ जनाको नाम सर्टलिस्ट गरेको थियो । उनीहरुलाई व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि चैत ६ गते बोलाइएको थियो ।