काठमाडाैँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उत्साहटमा भएको ‘सफ्ट कू’ भएको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रको संलग्नताबारे सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने बताएका हुन् ।
उनले चैत १५ गते भएको घटना संवैधानिक चरित्रको नभएको समेत स्पष्ट पारे । उनले प्रदर्शनकारीहरूले सिंहदरबार, नारायणहिटी र संसद भवन कब्जा गर्ने कुप्रयास गर्दापनि सरकार के हेरेर बसेको ? प्रश्न गरे ।
उनले प्रदर्शनका कमाण्डरले सार्वजनिक रुपमा हिंसात्मक अभिव्यक्ति दिएको भएपनि सरकारले समात्न नसकेको भन्दै आपत्ति जनाए । यो प्रदर्शनलाई सामान्य ढंगले लिएर छोड्न नहुनेमा उनको जोड छ । यस्ता घटनामा न्यायिक आयोग गठन गर्न नहुने र श्री ५ को सरकार भनेर सम्बोधन गर्नेलाई कारबाही गर्नुपर्नेमा उनले बताए ।
प्रतिक्रिया दिनुहोस्