इजिप्ट र फ्रान्सेली नेताद्वारा गाजामा तत्काल युद्धविरामको आह्वान


इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनले शनिवार फोन वार्ताको क्रममा गाजा पट्टीमा तत्काल युद्धविरामको लागि आह्वान गरेका छन् ।  शान्ति पुनस्र्थापित गर्ने र मानवीय सहायता प्रदान गर्ने आवश्यकतामा जोड दिए ।

नेताहरूले यस क्षेत्रमा दिगो शान्ति प्राप्त गर्न दुई–राज्य समाधान आवश्यक रहेको कुरामा जोड दिएका छन् । उनीहरूले गाजा युद्धविरामको मध्यस्थता गर्ने इजिप्टको प्रयासहरूबारे पनि छलफल गरेका थिए । इजरायलले मार्च १८ मा हमाससँगको दुई महिनाको युद्धविराम समाप्त गरेको थियो ।

गाजा स्वास्थ्य अधिकारीहरूले शनिवार रिपोर्ट गरेअनुसार पछिल्लो पटकको इजरायली आक्रमणमा कम्तिमा १ हजार ३ सय ९ प्यालेस्टिनीको मृत्यु भएको छ भने ३ हजार १८४ जना घाइते भएका छन् ।