काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले २३ दिनको लागि बोलकबोलको माध्यमबाट ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने राष्ट्र बैंकले २०८२ वैशाख १७ गते साँवाब्याज भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्