काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुख आईजिपी दीपक थापा सत्तारुढ दल एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको सहअध्यक्ष भएको गम्भिर आरोप लगाएका छन् ।
मंगलवार काठमाडौँको बल्खुमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन् । उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख रहेको टिप्पणी गरे ।
उनले प्रहरीले नै म्याद नाघेको अश्रुग्याँस प्रहार गरेको आरोप समेत लगाउनु भयो । अनि दुर्गा प्रसाईंले ल्याएर हान्यो म्याद गुज्रेको अश्रुग्याँस ? उनको प्रश्न थियो ।
“त्यो दिन (चैत १५ मा) जसरि राज्यले हिंसा भड्कायो मा होइन दुई दर्जनभन्दा बढी मानिसलाई गोली लाग्यो । दुई जनाको ज्यान गयो । कयौं घाइते भए । त्यसको कुनै हिसाव छैन । भौतिक क्षतिको समेत कुनै हिसाव छैन । तर त्यसको मुलमा अहिलेको राज्यसत्ता, अहिलेका प्रधानमन्त्री, अहिलेका गृहमन्त्री र अहिलेको प्रहरीको नाइके प्रहरी प्रमुख जिम्मेवार छन् । गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ,”उनले भने ।
उनले देश गणतन्त्रवादीहरूको मात्र नभई राजा आउनुपर्छ भन्नेहरुको समेत भएको कारण अफवाह फैलाउने काम नगर्न सञ्चार गृहहरुलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्