तीनकुने घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्छः गृहमन्त्री लेखक


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।

बुधवार सिभिल अस्पतालमा घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले गत चैत्र १५ गतेको प्रर्दशनका क्रममा घाइते भएका बिरामीहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन् ।

उनले सरकारले घाइतेको उपचार सरकारले गर्ने निर्णय गरिसकेको र सरकार प्रतिवद्ध रहेको बताए । उनले आफू सबै घाइतेहरूले निःशुल्क उपचार प्राप्त गरेका छन् की छैनन् भनेर नै निरीक्षण र भेटका लागि पुगेको उल्लेख गरे ।उनले अहिले औषधि बाहिरबाट किनेर ल्याउनुपरेको भएपनि त्यसको बिल अस्पतालमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेपछि सरकारले रक दिने प्रतिवद्धता जनाए ।

उपचारपछिको भविष्यका लागि के छ सरकारको योजना भन्ने घाइतेका आफन्तको प्रश्नमा गृहमन्त्री लेखकले घाइतेहरूको उपचारपछिको लागि पनि सरकारले बिचार गरिरहेको बताए ।