बन्दीपुर केबलकारको बटम स्टेसनमा वैशाख १ देखि रैथाने खानाको बजार सञ्चालन हुने


काठमाडौँ । तनहुँको बन्दीपुरमा वैशाख १ गतेदेखि रैथाने खानाको बजार सञ्चालन हुने भएको छ ।

बन्दीपुर जाने केबलकारको बटम स्टेसनमा पर्यटकीय बगैचाको बिचमा रैथाने खानाको बजार सञ्चालन हुने भएको हो ।

खानपिनको खास अनुभूति भन्ने नारा सहित स्थानीय रैथाने खानाका परिकारहरू पस्कने गरि ‘घुमाउने घर’ २०८२ बैशाख १ गते देखि सञ्चालनमा आउने रेस्टुरेन्टका व्यवस्थापक श्री माया थापामगरले जानकारी दिइन् ।

मुख्य गरि मगर संस्कृतिलाई प्रवर्धन गर्ने गरि मगर भेषभुषा, रहनसहन र परिकारहरूमा केन्द्रित गर्दै सेवा शुरु गरिन लागिएको थापामगरको भनाई छ ।

साथै नेवारी र अन्य रैथाने खाना र पेय पदार्थहरू समेत उपलब्ध गराउइने उनको भनाई छ ।

बन्दीपुर घुम्न आउने र पृथ्वी राजमार्गमा यात्रा गर्ने स्थानीय खानाका पारखीहरूलाई सुपथ मुल्यमा सेवा र सुबिधाहरू उपलब्ध गराउने ‘घुमाउने घरले’ जनाएको छ ।

घुमाउने घर बैशाख १ गते बाट शुभारम्भ भएपनी औपचारिक रुपमा भने बैशाख ६ गते उद्घाटन गरिने व्यवस्थापनले जनाएको छ ।

रैथाने खाना बजार बनाउनका लागि बन्दीपुर केवलकारसंग यस पुर्वनै पूर्वाधार र ठाउँ भाडाको सम्झौता भइसकेको छ ।