काठमाडौँ । चैत १५ गतेको आन्दोलनपछि फरार भएका दुर्गा प्रसाईंले आफू नआत्तिएको र पक्राउ आफैले दिएको बताएका छन् ।
झापाको भद्रपुर बिमानस्थलबाट काठमाडौँ ल्याउने क्रममा छोटो प्रतिक्रिया दिँदै आफू नआत्तिएको बताए ।
उनले भने,“ म आत्तिएको छैन कि, यो तस्कार विरुद्धको लडाइ हो । पक्राउ आफैले दिएको हो नि फेरि” ।
प्रसाईंले केही दिन अघि आफूलाई गोञ्जालो बनाउन खोजिएको बताएका थिए । प्रसाईं प्रहरीको नियन्त्रणमा रहेका बेला पनि गोञ्जालोको आइकोनिक ड्रेसमा देखिएका हुन्।
विश्वविद्यालयका पूर्वप्राध्यापकसमेत रहेका पेरुका कम्युनिस्ट नेता अबिमेल गुज्मान गोन्जालोले सन् १९६० को दशकमा माओवादी लडाकू समूह गठन गरेका थिए ।
सन् १९८० को दशकमा गुरिल्ला समूहमा रुपान्तरण भएर पेरू सरकारबिरुद्ध रक्तपातपूर्ण युद्ध गरेको थियो ।
पेरू सरकार विरुद्धको आन्दोलन विजय नजिक पुग्दा गोञ्जालो पक्राउ परेका थिए । पक्राउ पछि गोञ्जालोलाई आजिवन काराबार राखिएको थियो भने माओवादी आन्दोलन समेत तितरबितर परेको थियो ।
उनको ८६ वर्षको उमेरमा ३ वर्षअघि जेलमै निधन भएको थियो । केहीदिन अघि प्रसाईंले आफूलाई राजसंस्था पुनर्स्थापनाको आन्दोलन अगाडि बढाउन नदिन गोञ्जालो बनाउने प्रयास भइरहेको टिप्पणी गरेका थिए ।
प्रहरीको नियन्त्रणमा रहेका प्रसाईंले उनै गोञ्जालको आइकनिक ड्रेसमा देखिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्