इजिप्टले इन्धनको मूल्य १५ प्रतिशतले बढायो


काठमाडाैँ । इजिप्टले शुक्रवार इन्धन उत्पादनको मूल्य लगभग १५ प्रतिशतसम्म बढाएको छ । जुन २०२५ मा पहिलो पटक इन्धन अनुदान घटाउने आर्थिक सुधारको बीचमा वृद्धि भएको इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिअनुसार ग्रेडको आधारमा पेट्रोलको मूल्य १४.५ प्रतिशतले बढेको छ । इन्धन स्वचालित मूल्य निर्धारण समितिले डिजेल इन्धनको मूल्य प्रतिलिटर १५.५० इजिप्टियन पाउण्ड, ८०–अक्टेन पेट्रोल १५.७५ पाउण्ड, ९२–अक्टेन १७.२५ पाउन्ड र ९५–अक्टेन १९ पाउन्डमा समायोजन गरेको छ । यसैबीच ब्युटेन खाना पकाउने ग्यासको मूल्य १५० पाउण्डबाट बढाएर २०० पाउण्ड प्रतिसिलिन्डर पु¥याइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको आठ अर्ब अमेरिकी डलरको समर्थन प्याकेजले आवश्यक आर्थिक सुधारले सरकारलाई इन्धन, बिजुली र खाद्य पदार्थको मूल्य बढाउन बाध्य पारेको छ । यद्यपि सरकारले अनुदानित वस्तुहरूको कटौतीलाई सन्तुलनमा राख्न सामाजिक सुरक्षा कार्यक्रम बिस्तार ग¥यो ।

बिजुली उत्पादन र खाद्य उद्योगहरूमा प्रयोग हुने माजुटको मूल्य अपरिवर्तित छ । पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले आगामी ६ महिनाको लागि अर्को इन्धन मूल्य वृद्धिलाई विचार नगर्ने बताएको छ ।