अमेरिका भन्सार शुल्क वृद्धिबाट आफैँ हारिरहेको छः अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू


अमेरिकी भन्सार शुल्क वृद्धिले आफैँलाई पराजित गरिरहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले बताएका छन् । जसले अमेरिकी कम्पनीहरू र उपभोक्ताहरूको लागि लागत बढाएको छ । यो अमेरिकी अर्थतन्त्रको लागि धेरै विनाशकारी हुने अर्थशास्त्री र मोजाम्बिकको सार्वजनिक अखण्डता केन्द्रका अनुसन्धानकर्ता गिफ्ट एसिनालोले बताए ।

अमेरिकी अर्थतन्त्र विदेशबाट आउने उत्पादनहरूमा पनि निर्भर गर्ने गरेको उनको भनाइ छ । स्पेनी व्यापार विज्ञ जोसेप मारिया गोम्स डोनाल्ड ट्रम्पको नीतिले आफैँलाई असर गरिरहेको बताउँछन् । बोस्निया र हर्जेगोभिनाका व्यवसायी मारियो क्युल दैनिक उत्पादनहरूको लागि तिर्ने मूल्यहरूमा अमेरिकी नागरिकले बढी मूल्य तिर्नुपर्ने चेतावनी दिन्छन्। 

यो एउटा नयाँ युग बन्दै गरेको उनीहरुको भनाइ छ ।